आइएमईका दुई भाग्यशाली केशव दमाईं र विशाल अधिकारी।

काठमाडौं:= आइएमईले चाडपर्व लक्षित दशैँमा डबलको डबलको डबल अफरअन्तर्गत पहिलो हप्ताका विजेता घोषणा गरेको छ । केशव दमाईं र विशाल अधिकारी भाग्यशाली विजेता बन्नुभएको छ । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित फेसबुक लाइभमार्फत् विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।

दमाईं र अधिकारीले युएई र कतारबाट क्रमशः ४१ हजार पाँच सय सात रुपैयाँ, ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाउनुभएको थियो । कम्पनीले विजेताहरूकै सिफारिसमा आफन्तलाई क्रमशः ८३ हजार १४ रुपैयाँ, ९६ हजार ४० रुपैयाँ उपहारस्वरूप प्रदान गरिने जनाएको छ ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित अफर कात्तिक २६ सम्म सञ्चालन हुने जनाएको छ । अफरअनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्ट वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुईजनालाई पठाएको रकमको डबल, हरेक महिना दुई भाग्यशालीलाई पठाएको रकमको डबलको डबल तथा बम्परमा एक भाग्यशालीलाई पठाएको रकमको डबलको डबलको डबलसम्म रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ ।