आज मिति २०७८ साल ९ गते पञ्चमी तिथि असोज कृष्णपक्ष: सूर्याेदय ५ः५३ सूर्यास्त १७ः ५६ ।
मेष : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
वृष : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
मिथुन : पठनपाठनमा विशेष रुचि बढ्न सक्नेछ ।
कर्कट : यात्रामा समस्या आइपर्न सक्छ, सचेत रहनुपर्ला ।
सिंह : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्नेछ ।
कन्या : उदरपीडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ ।
तुला : व्यापार व्यवसायमा राम्रै सफलता मिल्न सक्छ ।
वृश्चिक : धार्मिक कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।
धनु : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।
मकर : आर्थिक संकटका कारण काम अपूरो हुन सक्छ ।
कुम्भ : आमाको आशीर्वाद पाउँदा काम सफल हुन सक्छ ।
मीन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।




















