साउन महिनाभित्रमा मात्रै ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रीयो, श्रम स्वीकृति लिने बढे।

काठमाडौं := चालु आर्थिक वर्षको पहिलो एक महिना साउन महिना भरिमा ७५ अर्ब ९६ करोड रुपैयाँ विदेशबाट रेमिट्यान्स भित्रिएको छ।

अघिल्लो बर्षको तुलनामा यस बर्षको रेमिट्यान्स १८ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो , नेपाल राष्ट्र बैंकले जनाएको छ।

यस्तै यो आर्थिक बर्षको साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या बढेर १३ हजार ८ सय जना पुगेको छ । जबकी अघिल्लो वर्षको साउनमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९९ प्रतिशतले घटेको थियो।

त्यसैगरी साउनमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेर ११ हजार ६ सय २८ जना पुगेको छ ।