काठमाडौं:= विगत केही दिनदेखि निरन्तर घट्दोक्रममा रहेको सेयर बजार मंगलबार भने दोहोरो अंकले बढेको छ । नेप्से २७ अंकले बढेको हो । अघिल्लो दिन नेप्से ११४ अंकले घटेको थियो । यस दिन सात अर्ब ३६ करोड ४७ लाख ९८ हजार छ सय ५१ रुपैयाँ बराबरको एक करोड ५३ लाख छ हजार ६१ कित्ता सेयर कारोबार भएको छ ।
अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । कारोबारमा आएका १३ समूहमध्ये नौ समूहको सूचक सकारात्मक र चार समूहको सूचक नकारात्मक देखिएका छन् ।
मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने रुरु जलविद्युत्, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन, महुली सामुदायिक लघुवित्तलगायतको पनि सेयर मूल्य बढेको छ । एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ३.४२ प्रतिशतले घटेको छ ।



















