गोप्रो हिरो टेन ब्ल्याक क्यामेरा।

काठमाडौं:= आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो ।  जीपीटू प्रोसेसरमा आधारित क्यामेरा छिटो  र प्रयोग गर्न सहज रहेको कम्पनीको दाबी छ ।

क्यामेराले प्रतिसेकेन्ड ६० फ्रेमसम्म ५.३ केको उत्कृष्ट भिडियो खिच्न सक्छ । साथै क्यामेराबाट २३ मेगापिक्सेलको तस्बिर लिन सकिने कम्पनीले जनाएको छ । हिरो टेन ब्ल्याक क्यामेरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर रहेको छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ । वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउसमेत रहेको कम्पनीले जनाएको छ ।