अष्ट्रेलियामा लकडाउनविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप।

सिड्नी:= अष्ट्रेलियामा लकडाउनविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अष्ट्रेलियाको मेलवर्न र सिड्नीमा लकडाउनविरूद्धको प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा सहभागी करिब २५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रँदा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडप हुँदा १० प्रहरी घाइते भएका छन् । तीमध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको मेलवर्न प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका प्रदर्शनकारीमध्ये १९३ जनालाई कोभिड प्रतिबन्ध तोडेको र अन्यलाई भने प्रहरीविरुद्ध आक्रमण गरेको आरोप लगाइएको छ । सयौं प्रदर्शनकारी विनामास्क प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारी निकै उग्र देखिन्थे । भिक्टोरियामा मात्र २३५ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।