मदनकृष्णको सुनको कचौरी सार्वजनिक।

काठमाडौं:= वरिष्ठ हास्य मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको स्वरमा नयाँ गीत ‘सुनको कचौरी..’ सार्वजनिक गरिएको छ । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा म्युजिक एरेन्ज राजन इशानले गर्नुभएको छ ।

गीतको भिडियोमा पनि गायक मदनकृष्णले नै अभिनय गर्नुभएको छ । मदनकृष्णको जोडीको रूपमा अभिनेत्री गौरी मल्ललाई देख्न सकिन्छ । राजेश पुमा राईले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिच्नुभएको हो । भिडियो सम्पादन भने विकास दाहालले गर्नुभएको छ ।