क्वालालम्पुर (मलेसिया):= मलेसियामा पछिल्लो समय विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा ठुलो घाटा भैइरहेको पाइएको छ। अर्थतन्त्रलाई पुनः बलियो बनाउन एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री एसिसिसिआईएम (ACCCIM) ले बृक्षारोपण (प्लांटेशन) को क्षेत्रमा विदेशी कामदार भर्ना लिन मलेसिया सरकारलाई प्रस्तावसंगै अनुरोध गरेका थिए।
एसिसिसिआईएमले सरकार समक्ष पेश गरेको सो प्रस्तावलाई पारित गर्दै सरकारको मानव संसाधन मन्त्री दातुक सेरी सरवानन मुरुगनले वृक्षारोपणको क्षेत्रमा श्रमिकको अभावलाई कम गर्न तत्काललाई करिब ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति सरकारले दिने निर्णय गरेको , स्वीकृति दिने जनाएको छ।
मानव संसाधन मन्त्री दातुक सेरी सरवानन मुरुगनले भने कि उनको मन्त्रालयले क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमानस्थल केयलआईए (KLIA) नजिकै २,००० व्यक्तिको क्षमता कोभिड आइसोलेसन केन्द्रको पहिचान सहित मानक अपरेटि प्रक्रिया (एसओपी) बनाइरहेको छ।

एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेशिया (ACCCIM) भन्छन्, “मानव संसाधन मन्त्रालयले विदेशी कामदारहरु को प्रवेश को सुविधा को लागी बिमानस्थल नजिकै एक ठूलो क्षमता आइसोलेशन केन्द्रको निर्माण एक दम सही दिशामा एक महत्त्वपूर्ण कदम हो भनेका छ्न।”
एसिसिसिआईएमका अध्यक्ष दातुक लो किआन चुआनले यस प्रकारको कदमले श्रमिकको अभाव, विशेष गरी वृक्षारोपण क्षेत्रको सामना गर्ने क्षेत्रहरुलाई राहत मिल्ने बताएका छन्।

Source : The Star : 32000 foreign workers enter in Malaysia





















