काठमाडौं जोरपाटीबाट करिब ५ लाख रुपैयाँ नगदसहित २० जना जुवाडे पक्राउ।

काठमाडौं := काठमाण्डौको जोरपाटीबाट करिबकरिब पाँच लाख नगद रुपैयाँ र तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जना जुवाडेहरु पक्राउ परेका छन्।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट एक विशेष गोप्य सुचनाको आधारमा छापामारी गरि केहि महिला सहित २० जना जुवाडेलाई पक्राउ गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट ४ लाख ७५ हजार रुपैयाँ, २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४ सय ६४ थान क्वाइन, २८ वटा चेक र कौडा पनि बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।