प्रधानमन्त्री देउवाद्वारा भारतीय समकक्षी मोदीको जन्मोत्सवका अवसरमा शुभकामना व्यक्त

काठमाडौं:=  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो । प्रधानमन्त्री देउवाले जन्मदिनको शुभकामना दिदै स्वास्थ्य लाभको कामनाका साथै सफल भविष्यको कामना गर्नु भएको छ ।