आई पे रेमिटको तिज लक्षित टिकटक च्यालेन्जको बिजेता घोषणा

काठमाडौँ / आई पे रेमिट प्रा.लि.ले हरितालिका तिजलाई लक्षित गरेर घोषणा गरेको टिकटक च्यालेन्जको बम्पर बिजेता घोषणा गरेको छ ।

विगत ९ वर्ष देखि मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुकबाट विप्रेषण भित्र्याइरहेको सो कम्पनीले तिजलाई लक्षित गरी टिकटक च्यालेन्ज अफर योजना ल्याएको थियो । फेसबुक लाइभमार्फत  आई पे रेमिट प्रा.लिका ब्राण्ड एम्बेण्डर वर्षा शिवाकोटीले लक्की ड्रमार्फत विजेता घोषणा गरेकी हुन् ।

हरेक दिन ५ जनालाई ५०० टपअप तथा सर्वाधिक लाइक र भ्युजका आधारमा १ जनाले रु. एक लाख र बम्पर १ जनाले गरी ६२ जनाले प्रत्यक्ष रूपमा पुरस्कार हात पार्न सफल भए ।

बम्पर विजेतामा रञ्जु देवकोटा विजेता बनेकी छन् भने सर्वाधिक लाइक र भ्युजका आधारमा अम्बिका भुषाल छनोट भएकी छन् ।

सधैँ ग्राहकहरुको हितमा कार्य गरी अगाडी बढि रहेको आई पे रेमिटले समय सापेक्ष यस्तै थुप्रै योजनाहरु सार्वजनिक गरिसकको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदैँ जाने कुरा आई पे रेमिट प्रा.लि का बजार प्रमुख रूप नारायण श्रेष्ठले जानकारी गराए ।

साथै आई पे रेमिट प्रा.लि.ले छिटैँ दक्षिण कोरियाबाट पनि आफ्नो सेवा सुचारु रहने व्यहोरा जानकारी गराए ।