कुवेतमा अवैधानिक हैसियतमा रहेका नेपालीसंगै विदेशी कामदारलाई प्रहरीद्वारा धरपकड सुरु।

कुवेत := कुवेतले आवासीय अनुमति पत्र (भिसा/अकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका अवैधानिक नेपालीसंगै अन्य विदेशी कामदारहरु विरुद्ध १४,सेप्टेम्बर,२०२१ मंगलवारदेखी छापामारी , धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ।

यो संगै कुवेतद्वारा प्रतिबन्धित नियमावलीको उल्लंघन गरी कुवेतमा बसिरहेका आप्रवासी विदेशी नागरिकहरु धरपकडको निशानामा परेका छन। अवैधानिक रुपमा हजारौंको सङ्ख्यामा बसिरहेका नेपाली कामदारहरु पनि यसबाट प्रभावित हुनेछन्।

यस अघी कोरोना कहरको बिचमा पनि कुवेत सरकारले पटक-पटक गरी अवैधानिक आप्रवासीहरुलाई वैधानिक बन्न वा जरिवाना तिरेर मुकुल छाड्न सुविधा दिइदैआएको थियो।

कुवेतमा ३४ लाखको हाराहारीमा कार्यरत आप्रवासी रहेका छन। कुवेतले अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई २०२० को एप्रिल महीनामा कुवेत सरकारले झण्डै ३० दिनको आममाफी दिएको थियो।

एप्रिल एक देखी एप्रिलको ३० तारिक सम्म, त्यस्तै नेपालीको लागी भने कुवेतले अप्रिल २६ देखि ३० सम्म चार दिनको समय दिएको थियो उक्त अवधी भित्र २८ सय भन्दा बढ़ी नेपाली घर फर्किएका थिए भने अन्य देशका नागरिक सहित ठुलो संख्यामा विदेशीहरुले देश छाडेका थिए।

आममाफी सकिए पछी पुन कुवेत सरकारले पटक पटक स्वदेश फ़र्किने मौका नदिएको पनी होईन। बारम्बार वैधानिक बन्न दिएको समय सकिएलगत्तै कुवेतले धरपकड गरी स्वदेश पठाउने अभियानलाई तीव्रता दिएको हो ।

बिगत तिन दिन देखी धरपकड अभियान थालेको कुवेत सरकारले आज सम्म कुवेतको विभिन्न क्षेत्रमा ३२७ जनालाई पक्राउ गरेको छ। उक्त पक्राउ पर्ने हरुमध्य धेरै जसो भिसा समाप्त भई अवैधानिक भएका हरु छन भने बाँकी अन्य विभिन्न किसिमको आरोपमा पक्राउ परेका छन। पक्राउ परेकालाई स्वदेश फर्काउन डोपोर्टेसन सेन्टर (घरफिर्ती केन्द्र) मा राखिनेछ्न। तितोपाटी ड्टकम र एजेन्सीको सहयोगमा