अभिनेता सोनु सूदको घर र कार्यालयमा किन मारियो छापा?

एजेन्सी := समाजसेवामा सक्रिय अभिनेता सोनु सूदको दैलोमा मानिसहरु आफ्ना समस्या बोकेर जान्छन् र त्यसको समाधान लिएर फर्कन्छन्। तर समाजसेवी छवि बनाएका अभिनेता सूदको घरमा बुधबार भारतीय आयकर विभाग छा’पा मा’र्न पुग्यो। यो खबरले भारतका छापा माध्यमदेखि राजनीतिक पार्टीसम्म तरंग ल्याएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अधिकृतहरुले सूद सम्बद्ध कार्यालय र कम्पनीमा मुम्बई, लखनउ सहित ६ स्थानमा आयकर अधिकृतले छापा मा’रेको हो। सामाजिक सन्जालको टेन्ड्रिङमा आएको यो समाचारपछि भारतका आम आदमी पार्टी, तृणमूल कंग्रेस र सूदका प्रशंसकहरुले आयकर अधिकृतद्वारा गरिएको कारवाही माथि प्रश्न उठाएका छन्। बिबिसी हिन्दीका अनुसार आम आदमी पार्टीले यो अभिनेता सूदलाई ‘डर देखाउने प्रयास’ हो।

खबर अनुसार अभिनेता सूदको कम्पनी र एउटा रियल स्टेटबीच भएको कारोवारबारे आयकर विभागले अनुसन्धान गरिरहेको थियो। छानबिनका क्रममा सूदले कर छलेको आरोपमा छापा मारिएको आयकर विभागको दाबी छ । विभिन्न समस्यामा परेका सर्वसाधारण लाई सहयोग गरेर समाज सेवी पहिचान बनाएका अभिनेता सूद कोरोना महामारीका क्रममा देखाएको सक्रियतापछि थप चर्चामा आएका थिए।