कतार सरकारले नेपालीलाई कतार प्रहरीमा भर्नामा नलिने, मागपत्र प्रमाणीकरण रद्ध।

कतार := कतारस्थित नेपाली दूतावासले कतारको प्रहरी सेवामा नेपाली कामदार भर्ना गर्न प्रमाणीकण गरेको सबैको मागपत्र रद्ध गरेको छ ।

कतार स्थित नेपाली दूतावासले जनाए अनुसार कतार सरकारले प्रहरीमा नेपालीलाई तत्काल भर्ना नगर्ने निर्णय गरेको छ । नेपाल सरकारले समयमै निर्णय नगरेकाले कतारले भर्ना नगर्ने भनेको हो, र यो निर्णयबाट भर्नाका लागि छनोट भएका दुई सय जना जान नपाउने भएका छन्। त्यसैले दूतावासले २९ अगस्ट २०२१मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा गरेको मागपत्र प्रमाणीकरणलाई रद्ध गरेको जनाएका छ्न ।

२०७६ फागुनमा पनि १६९ जना नेपालीलाई कतार प्रहरीमा भर्ना गर्न लगिएको थियो । त्यसपछि थप ३ सय जना लैजान प्रक्रिया अघि बढाए पनि कानुनी उल्झनको कारण देखाउँदै र श्रम मन्त्रालयमा समेत यस बारे विवाद रहेकोले , केहि निर्णय नगरेकोले वैदेशिक रोजगार विभागले पनि रोकेको थियो ।

तर अहिलेको नेपाल सरकारको श्रम मन्त्रालयसमेत हेरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मागपत्र प्रमाणीकरण गर्न भदौ ८ मा नेपाली दूतावासलाई निर्देशन दिएका थिए । दूतावासले मागपत्र प्रमाणीकरण गरेर पठाएको पत्रको जवाफ दिँदै कतारले भर्ना नगर्ने जनाएको दूतावासले बताए ।

कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने कतार सरकारको सर्तविपरीत अल तौकेत ओभरसिज नेपालले भने दुई सय जनासँग झन्डै १४ करोड रुपैयाँ उठाइसकेको छ । उसले प्रतिव्यक्ति कम्तीमा ७ लाख उठाएको हो । भर्ना नलिने भएपछि म्यानपावरले रकम फिर्ता गर्नुपर्नेछ ।अल तौकतले गत सोमबार औपचारिकता पूरा गर्नमात्रै अन्तिम अन्तर्वार्ता लिएको छ । उनीहरूले सीधै म्यानपावरको खातामा भने पैसा जम्मा गरेका छैनन् ।