एजेन्सी := एकजना महिलाले एकसाथ धेरै जना पुरुषसँग बिहे गर्ने र सबैसँग पालैपालो दिन बिताउने भन्ने कुरा आधुनिक समाजमा निकै असभ्य तथा अपत्यारिलो लाग्न सक्दछ। चीनमा समेत एकजना अर्थशास्त्रीले पुरुषहरुको बिहे नहुने समस्या समाधानका लागि बहुपति प्रथा अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।
वास्तवमा सन् १९८० मा एक सन्तान नीति अबलम्बन गरेसँगै चीन आर्थिक रुपमा विकाशको फड्को त मा’र्यो तर लिं’ग अनुपातमा यसको ठूलो असर परेको छ। चीनमा रुढीवादी सोचयुक्त मानिसहरुले एउटा मात्र सन्तान जन्माउन पाइने भएसँगै छोरा मात्र जन्मा उन थाले । जसका कारण त्यहाँ छोरीहरुको संख्या निकै कम भयो । त्यसैले चीनमा अहिले विवाह योग्य उमेरका धेरै युवकहरुलाई बिहे गर्नका लागि बेहुली पाउन मुस्किल परिरहेको छ ।
उक्त समस्या समाधानका लागि कांग एनजी नामक चिनियाँ अर्थशास्त्रीले निकै अनौठो उपाय सुझाएका छन् । उनले तिब्बतमा सदियौँदेखि चलि आएको बहुपति प्रथालाई चीनभर अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार अहिले चीनमा लिंगानुपात निकै धेरै छ, जसका कारण कैयन् युवकहरुको बिहे हुन पाएको छैन ।
अवस्था यस्तो कछ कि कतिपय छिमेकी देशबाट बिहेकै लागि भनेर महिलाहरुको तस्क’री चीनमा हुने गरेका घ’टना पनि सार्वजनिक हुने गरेका छन् । यदि चीनमा पुरुषहरुले बिहेका लागि महिला नपाउने र अविवाहित नै रहनुपर्ने सम’स्याको समाधान भएन भने त्यसले सन्तान उत्पादन कम हुनेछ र अन्ततः चीनको अर्थव्यवस्थामा त्यसको प्रभाव पर्नेछ । यद्यपि चीनले एक सन्तान नीति खारेज गर्दै अहिले तीन सन्तान नीति अख्तियार गरिसकेको छ ।




















