एसि मिलानमाथि ३-२ गोलले लिभरपुलकाे जित।

काठमाडौं := यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा इंग्लिस क्लब लिभरपुलले जित हात पारेको छ ।  गएराति भएको रोमाञ्चक खेलमा लिभरपुलले इटालियन क्लब एसि मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सलाह, जोर्डन हेन्डरसन १-१ गोल गर्दा मिलानका फिकायो तोमोरीले आत्माघाती गोल गरेका थिए।

भ्रमणकारी टोली एसि मिलानको लागि एन्टे रोबिक र ब्राहिम डियाजले १/१ गोल गरे । खेलमा मिलानका जाल्टान इभ्राहिमोभिक उपलब्ध थिएनन् । यसअघि १४औँ मिनेटमा लिभपुरका सलाहको पेनाल्टी प्रहार मिलान गोलकिपर माइक माइग्नानले बचाउ गरेका थिए।

समूह ‘बी’अन्तर्गतकै अर्काे खेलमा एथ्लेटिको म्याड्रिड र एफसी पोर्टाेबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । म्याड्रिडमा भएको खेलमा एफसी पोर्टो अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो।

खेलसँगै समूह ‘बी’बाट लिभरपुल तीन अंकसहित शीर्ष स्थानमा छ । यस्तै बराबरी खेलेका एथ्लेटिको र पोर्टाे क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा एसि मिलान अन्तिम स्थानमा छ।