एजेन्सी := अग्रपङ्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियन क्लब ब्रुगसँग बराबरीमा खेलेको छ।
ब्रुगमा बुधबार राति भएको खेलमा पीएसजी क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पीएसजीका लागि एन्डर हेरेराले गाल गर्दा घरेलु टोलीका हान्स भानाकेनले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।
बल पोसेसनमा बलियो पकड राखेपनि पीएसजीले क्लब ब्रुगको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो। यो नतिजापछि सिटी ३ अंक जोडेर शीर्षस्थानमा रहँदा पीएसजी र क्लब ब्रुगले समान १ अंक जोडेका छन् । लाइप्जिग अंक विहीन छ।




















