‘हान्छु तिमीलाई लौरीले’ गीत हटाउन माग।

काठमाडौं:= खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा दुई महिनाअघि सार्वजनिक भएको ‘लरी लरी लै-२ ‘हान्छु तिमीलाई लौरीले’ बोलको गीतको शब्द बारे नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको दाबी गरेको छ। मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन् तोरी खायो भनेर गलत सन्देश दिएको र गीतमा पागल तथा बहुलठीपन प्रयोग भएकाले गीत बन्द गर्नसमेत महासंघले माग गरेको छ । यस गीतको शब्द नेत्र अर्यालले लेख्नुभएको हो । मौरीपालक महासंघले जारी गरेको विज्ञप्ति हेरेपछि आफूलाई आश्चर्य लागेको नेत्रले बताउनुभएको छ ।

नेत्रले मौरीले जसरी तोरीलगायत अन्य फलफूलबाट मिहिनेत गरेर गुलियो मह बनाउँछ । त्यसरी नै नानीबाबुहरूले मिहिनेत गरेर पढ्नुपर्छ भन्ने शब्दको अर्थ रहेको बताउनुभएको छ । बालबालिकालाई पढ्न उत्प्रेरणा दिने उद्देश्यले गीत सिर्जना गरेका उहाको भनाइ छ ।

विज्ञप्तिमा गीतप्रति लक्षित गर्दै प्रयोग भएका ‘पागल तथा बहुलठीपन’ शब्दप्रति उहाँले आपत्ति जनाउनुभएको छ । महासंघले गीत बन्द गर्नसमेत माग गरेको छ । तर अर्याले भने लाखौं खर्च गरेको गीत नहटाउने बताउनुभएको छ । साथै विज्ञप्ति जारी गर्नुभन्दा अघि आफूहरूसँग सल्लाह गरेको भए राम्रो हुने उहाँको तर्क छ ।