रजनीकान्तको ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक।

मुम्बई:= दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । गणेश चुतर्थीका अवसरमा शुक्रबार यस फिल्मको पोस्टर सार्वजनिक गरिएको हो ।

त्यस्तै चलचित्रको रिलिज डेट पनि तोकिएको छ । यो फिल्म ४ नोभेम्बरमा रिलिज हुने बताइएको छ । पोस्टरमा रजनीकान्तको स्टाइलिस लुक्स देखिन्छ । उहाँले आँखामा चश्मा लगाएर कतै हेरिरहेको देखिन्छ । यस चलचित्रको निर्देशन सिरुथई शिवाले गर्नुभएको हो । चलचित्रमा मीना, खुशबू, जगपति बाबु, प्रकाशराज आदि स्टारहरू को अभिनय देख्न पाइनेछ ।

चलचित्रमा डी इमानले संगीत भर्नुभएको छ । त्यसैगरी स्वर्गीय एसपी बालासुब्रमण्यमले गाएको अन्तिम गीत पनि समावेश हुनेछ, कोरोना संक्रमित भएर ज्यान गुमाउनुअघि उहाँले यो गीत गाउनुभएको थियो ।