जोकोभिच यूएस ओपनको फाइनलमा।

न्युयोर्क:= विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गर्नुभएको छ । शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुग्नुभएको हो ।

रोमाञ्चक बनेको खेलको पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाउनुभएको थियो । तर, त्यसपछिको दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाउनुभयो । चौथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा ६-२ को जित निकाल्दै जोकोभिच उपाधि नजिक पुग्नुभएको हो ।

अब जोकोभिचले उपाधिका लागि रुसका डानियल मेदभेदेबसँग खेल्नुहुनेछ । डानियलले क्यानडाका फेलिक्स अगरलाई हराउँदै फाइनल यात्रा तय गरिसक्नुभएको छ । दोस्रो बरियताका डानियलले फेलिक्समाथि ६-४, ७-५ र ६-२ को सेटमा पराजित गर्नुभएको थियो ।

३४ वर्षीय जोकोभिच कीर्तिमानी २१ पटक ग्रान्डस्लाम जित्ने योजनामा रहनुभएको छ । यूएस ओपनको उपाधि जितेमा जोकोभिचले कीर्तिमान बनाउनुहुनेछ । महिलातर्फको उपाधिका लागि एम्मा राडुकानु र लेला फर्नान्डेजबीच प्रतिस्पर्धा हुनेछ ।