एमसीसी उपाध्यक्षसहितको टोली नेपाल आइपुग्यो।

काठमाडौं := मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स नेपाल आइपुग्नु भएको छ ।

आज बिहान कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको हो । एमसीसी टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम रहेको छ ।