इण्डोनेसियामा कम्तीमा ४० कैदीको मृत्यु।

जाकार्ता:= इण्डोनेसियाको जाकार्ता नजिकैको एक कारागारमा भीषण आगलागीमा कम्तीमा ४० जना कैदीको मृत्यु भएको छ। बुधबार बिहान भएको घटनामा कम्तीमा ४० जनाको मृत्यु भएको हो ।

जाकार्ता नजिकैको टाङगेराङ पेनिटेनरीमा आगलागि भएको हो । क्योदो समाचारले शहरभन्दा केही परमात्रै रहेको घटनास्थलबाट ४० जनाको शव बरामद गरिएको उल्लेख गरेको छ । उक्त घटनामा कम्तीमा नौजना गम्भीर घाइते भएका छन् । घाइते अन्य ३१ जनाको अवस्था सामान्य रहेको भनिएको छ ।