काठमाडौं:= इसेवामार्फत् नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितले इसेवाबाट बिमा शुल्क भुक्तानी गर्दा बिमा शुल्कको ०.३५ प्रतिशतदेखि एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । त्यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिनेछ ।
कात्तिकसम्म सञ्चालन हुने योजनामा नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्ने जोकोही पनि सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । आफ्नो बिमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ताभित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले अनलाइनमार्फत् बिमा शुल्क बुझाउन प्रोत्साहित गर्ने उद्देश्यका साथ विभिन्न योजना सञ्चालन गर्दै आएको छ ।




















