अभिनेत्री र मिस नेपालको प्री-तीज पार्टी।

काठमाडौं:= नेपाली नारीहरू को विशेष पर्व तीज नजिकिँदै गर्दा कलाकारहरू ले पनि पार्टि गर्न सुरु गरेका छन् । यसबीच शनिबार अलफ्ट होटलमा अभिनेत्री र मिस नेपालहरू ले सामुहिक रूपमा प्री-तीज सेलिब्रेशन भयो । उहाँहरू ले नाचगानसहित रमाइलो गरेर दर खानु भएको हो ।

प्री–तीज पार्टीमा अभिनेत्री आचँल शर्मा, स्वस्तिमा खड्का, वर्षा राउत, सन्ध्या केसीका साथै पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र नीति शाह उपस्थित हुनुहुन्थ्यो । उहाँहरू सँगै अन्य साथी पनि सेलिब्रेशनमा देखिनुभएको थियो । नायिकाहरू ले आफ्नो इन्ट्रा स्टोरी र टिकटकमा पार्टीको भिडियो र तस्वीरहरू शेयर गर्नुभएको छ ।