मलेसियामा मृत्यु भएका दाङका पाले वलिका परिवार लाइ सहकर्मी नेपालीहरुद्वारा आर्थिक सहयोग।

कोभिड का कारण गत अगस्ट २१ तारीख मृत्यु भएका दाङ् बबई रुराइ नगरपालिका ३ हंसपुरका पाले वलि
लाई सङै काम गर्ने सहकर्मी नेपालीहरुले मृतक परिवार लाई आर्थिक सहायता गरेका छ्न ।

मलेसिया को बातुकेभमा अबस्थित बक्सप्याक कम्पनिमा बिगत १२ बर्स देखि कार्यरत पाले वलिको मृत आत्माको चिर शान्तिको कामना गर्दै मृतक परिवार लाई कम्पनिमा कार्यरत युवराज कटुवाल र पुर्न बहादुर थापा मगर को नेतृत्वमा नेपाली टिमबाट जम्मा १४० जनाबाट नेपाली रु १ लाख आज आइतबार मृतकको छोरा भुपेन्द्र वलिको नाममा पठाएका छन।

मृत ओलिको सव गत बुधबार डिस्पोज गरिसकेको र परम्परागत दाहसंस्कार को लागि अस्तु पठाउने तयारीमा रोजगारदाता कम्पनी रहेको र मृतक ओलिको बिमा रकम परिवार लाई उपलब्ध गराइदिन पहल थालिसकेको बताएको छ ।