फेरि छायांकनमा जाँदै ‘गोर्खा वारियर-२’ टिम।

काठमाडौं:= नेपाली चलचित्र ‘गोर्खा वारियर-२’को बाँकी छायांकन आगामी अक्टोबर १९ बाट सुरु हुनेभएको छ । कोभिड–१९ र अन्य प्राविधिक कारण चिलमिचत्रको सुरुवाती भाग छायांकन गरेर निर्माण टिमले बाँकी भागको छायांकन रोकेको थियो ।

निर्देशक मिलन चाम्सले लकडाउन खुलेको र लण्डन तथा भारतदेखि आउनुपर्ने प्राविधिक सामाग्री आगामी दुई हप्ताभित्रै नेपाल आइपुग्ने भएकाले बाँकी भागको छायांकनको समय तोकिएको बताउनु भएको छ । मिलनले गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई चलचित्रमा उतार्न लागिएको जनाउनु भएको छ ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सहनिर्माताको रूपमा सुरेश राई र पूर्ण लिम्बू छन् । फिल्म नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ । फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राई, मनोज केसीलगायत कलाकारको अभिनय रहनेछ ।