काठमाडौं:= नयाँ नेपाली चलचित्र ‘लाइफ इन एलए’मा समावेश ‘पागल प्रेमी’बोलको गीतमा लोकप्रिय गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वर राखिएको छ । आउँदो दशैँको आसपासमा प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रको उक्त गीत गएको सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको थियो । गीतमा एलिस कार्की र प्रतिक पौडेलको संगीत छ ।
अमेरिका र नेपालमा छायांकन गरिएको यस चलचित्र सूर्य एन श्रेष्ठको निर्देशन छ । चलचित्रको सार्वजनिक गीतको भिडियोमा त्रिकोणत्मक प्रेमकथा प्रस्तुत छ । गीतको भिडियोमा डेव्यु अभिनेता व्यास बिस्सु, अकेशा विष्ट र शिल्पा मास्के फिचर्ड हुनुहुन्छ । चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।
व्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई व्यास बिस्सुले निर्माण गर्नुभएको छ । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा हुनुहुन्छ । दीपक वली एसोसिएट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुनुहुन्छ । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।




















