मलेसियामा चुरोट खाएर जथाभावी ठुटो फाल्नेलाई जरिवाना र सरसफाइ सजाय।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा सार्वजनिक ठाउँमा चुरोटको ठूटो जथाभाबी फाल्नु सबैभन्दा बढी गरिने कानुनी अ’प’राध बनेको छ।

सरकारले ठोस फोहोर व्यवस्थापन सम्बन्धी कडा कानुन (Act 672) लागू गरेसँगै जोहोर राज्यमा मात्र स्वच्छता उल्लंघन सम्बन्धी ३,४०० भन्दा बढी का’र’बाहीका नोटिस जारी गरिएको छ, जसमा ९५ प्रतिशतभन्दा बढी मुद्दा चुरोटको ठूटो फालेकै कारण दर्ता भएका हुन्।

वातावरण सफा राख्ने र जथाभाबी फोहोर फाल्ने बानीलाई निरुत्साहित गर्ने उद्देश्यले मलेसिया सरकारले यो अभियानलाई तीव्र पारेको हो। यस नियमको उल्लंघन गर्नेहरू विरुद्ध अदालतमा मु’द्दा चलाएर कडा स’जाय दिन सुरु गरिएको छ।

अहिलेसम्म १६७ जनालाई अदालत पुर्‍याएर १ लाख मलेसियन रिंगिटभन्दा बढी ज’रि’वाना असुल गरिसकिएको छ भने ज’रि’वाना तिर्न नसक्ने वा गल्ती दोहोर्‍याउने ९४ जनालाई पार्क तथा सार्वजनिक स्थलहरू सफा गर्नुपर्ने ‘सामुदायिक सेवा’ (Community Service) को सजाय सुनाइएको छ।

मलेसियामा कार्यरत तथा बस्दै आएका नेपालीहरूले पनि कानुनी झमेला र जरिवानाबाट बच्न यो नियमको पूर्ण पालना गर्नु जरुरी देखिएको छ।