नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध।

[ राम अवतार चाैधरी ] 

कपिलवस्तु:= कपिलवस्तु शिवराज नगरपालिका-५, चन्द्रौटामा नेपाल टेलिकमको फाईवर केवल काटिदा टेलिफोन सेवा अवरुद्ध भएको छ । चन्द्रौटामा एन.सि.एलको भेन्डर कम्पनीको लापरवाहीका कारण नेपाल टेलिकमको फाईवर काटिदा बुधबार राती ८ बजे देखि टेलिफोन सेवा अवरुद्ध भएकाे बताइएको छ ।

बिना सूचना राती ८ बजे फाइवर केवल काटिनुले सेवाग्राहीमा मारमा परेको भन्दै एन.सी.एलको यो काम आपत्तीजनक भएको दुर संचार कार्यालय चन्द्रौकाका प्रमुख सन्तोष कुमार गुप्ताले बताए । प्रमुख गुप्ताका अनुसार जिल्लाको गोरुसिंगे, चन्द्रौटा, बहादुरगंज, कृष्णनगर, शिवपुर र धानखोला देखि दाङको लमही सम्म टेलिफोन, माेबाईल तथा ईन्टरनेट सेवा अवरुद्ध भएको जनाइएको छ ।

चन्द्रौटामा फाईवरको काम भईरहेकाेले शुक्रबार साझा सम्म सेवा सुचारु हुने इन्जिनीएर लक्ष्मण बेल्बासेले जनाए । यता एन. सि. एलको भेन्डर कम्पनीले आफनो केवल खोज्दा अचानक टेलिकमको फाइवर काटिएको जनाएको छ ।