[ राम अवतार चाैधरी ]
कपिलवस्तु:= कोरोना भाइरस (कोभिड-१९) को संक्रमण जोखिम नियन्त्रण र विद्यार्थी सिकाई सहजिकरण कार्यढाचा तयार गर्नको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। लामो समय सम्म विद्यालय बन्द हुदाँ शिक्षण सिकाई असहज भएको भन्दै अब विद्यालय सञ्चालन गर्नुपर्ने विद्यालयका प्रधानाध्यापकहरुले माग गरेका छन् ।
जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटामा बिहीबार आयाेजना गरिएकाे अभिमुखिकरण कार्यक्रममा प्रधानाध्यापकहरुकाे माग अनुसार शिवराज नगरपालिकाले विद्यालय संचालन गर्ने तयारी गरेको नगरपालिका शिक्षा शाखाले जनाएकाे छ । युनिसेफको सहयोगमा र शिवराज नगरपालिकाद्धारा आयोजित योजना तर्जुमा कार्यक्रममा असोज पहिलो हप्ता देखि विद्यालय सञ्चालन गर्नको लागि नगरपालिकाले निर्णय गरि जिल्ला विपत व्यवस्थापन समितिमा पठाउने तयारी गरिएको छ ।
विद्यालयले कोभिड १९ संक्रमण जोखिम नियन्त्रणको लागि भदाै २९ गते सम्म विविध क्रियाकलाप गर्न सकेमा जिल्लामा विद्यालय सञ्चालनको लागि अनुमती मागिने शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए । विद्यालय सञचालनको लागि सुरक्षा मापदण्ड सहित कार्य योजना निर्माण, विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ तथा स्थानिय सरोकारवालासँग सहमति कार्य योजना अनुमोदन गरिने पन्थीले बताए । भदौ २९ गते विद्यालयको प्रस्तावित कार्ययोजना स्वीकृतिका लागि डिसिएमसीमा सिफारिस सहित पठाउन नगरपालिकामा पेश गरिने उनले जनाए ।
प्रमुख पन्थीका अनुसार भदाै १८ गते प्रधानाध्यापकहरुले सम्पुर्ण शिक्षकहरुलाई समुदाय जागरणका लागि कार्य योजना बनाउने, भदौ २४ गते सम्म शिक्षकहरुबाट तोकिएको बस्तीहरु पुगी अभिभावक तथा विद्यार्थीहरुलाई सचेत बनाउने, संकास्पद बिरामीहरुलाई परिक्षण गराउन अनुरोध गर्ने बताइएको छ ।
यसैबीच कोरोना कारण अन्य क्षेत्रको तुलनामा विद्यालय बन्द हुदाँ शिक्षण सिकाईमा बढी प्रभाव परेको नगरप्रमुख नेत्रराज अधिकारीले बताए । पछिल्लो समय कोरोना संक्रमण दर केहि घटेकोले अब विद्यालय सञ्चालन गर्नुपर्ने जनाए । नगरप्रमख अधिकारीले ‘विद्यालय बन्द हुदाँँ सिकाई अस्तव्यस्त रह्यो, विद्यालय सञ्चालनको लागि कार्यढाचा तयार गर्नुहोस, विद्यालय सञ्चालनको लागि जिल्लामा पहल गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले कोरोना रोकथामका लागि विद्यार्थीहलाई सचेत बनाउन सम्पुर्ण स्वास्थ्यकर्मीहरु लाग्नुपर्ने बताउँदै स्वास्थ्य मापदण्ड पूरा गरि शिक्षालाई जाेड्दिन समेत उनले बताए ।




















