काठमाडौं:= ग्लोबल आईएमई बैंकले नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएकोे विनाशकारी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारविहीन भएकाको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको हो ।
बैंकले विपद्बाट प्रभावित नवलपरासी वर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका १८ पम्फापुरका एक सय ३५ घरपरिवारलाई प्रतिघरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटरलगायतका सामग्री वितरण गरिएको जनाएको छ ।
बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालय भुमही र परासीको संयोजकत्वमा राहत सामग्री वितरण गरिएको बताइएको छ । ग्लोबल आईएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता तथा रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरको रोहवरमा राहत सामग्री पम्फापुरका घरपरिवारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।




















