युएईले अगस्ट ३० तारिखदेखि टुरिस्ट भिसा जारी गर्ने।

एजेन्सी (युएई):= यूएई (दुबई) सरकारले अगष्ट ३० देखि टुरिस्ट भिसा (भ्रमण भिसा) पनि जारी गर्ने भएको छ। कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पुरा खोप (दुवै डोज) लगाएका सबै देशका नागरिकहरुले प्रवेश गर्न मिल्ने गरि यहीँ अगस्ट ३० तारिखदेखि लागू हुनेगरी भ्रमण भिसाको लागि अनुमति दिने भएको हो।

यूएई सरकारको यो निर्णयले यसअघि कोरोनाको कारण यात्रामा प्रतिबन्ध लगाएको देशलाई पनि खुला गरेको छ। टुरिस्ट भिसामा यूएई जानेले र्यापिड पीसीआर परीक्षण अनिवार्य गरेको हुनुपर्नेछ ।

“टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको मध्ये कुनै पनि एक खोपको पुरा मात्रा पुर्ण रुपमा लगाएको हुनु पर्नेछ। उक्त टुरिस्ट भिसाको अवधी ३० दिन या ९० दिनको हुनेछ।” यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले समाचारमा ,