पारसको गेटअपमा कमेडीमा भरतमणिले मच्चाए बबाल, सिधै फाइनलमा प्रवेश!

काठमाडौं := रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल फाइनलमा प्रवेश गरेका छन् । पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका पाैडेलले जज मात्र हैन, दर्शककाे मन समेत जिते । शनिबार रातिकाे शेा मा उनी पारश शाहकाे गेटअपमा देखिएका थिए । पारशकाे क्यारिकेचरका क्रममा उनले पारशकै बाेली, हाउभाउ गरेका थिए भने पारसको स्वाभाव र बानी बेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिए ।

साथै वर्तमान राजनीतिक परिस्थिति प्रति उनकाे कटु व्यङ्ग्य दर्शकले मज्जाले पचाए । शनिबारकाे शाे अघि नै पाैडेलले प्रमाे निकै चर्चित भइसकेकाे थियाे । शनिबार राति भने अन्तिम ४ को प्रतिस्पर्धाबाट उनको प्रस्तुती उत्कृष्ट ठहर गर्दै जजहरुले सीधै फाइनलमा प्रवेश गराएका हुन् । बाँकी रहेका तीन प्रतिस्पर्धीबाट अब दुई जना छनोट गरेर फिनाले हुने बताइएकाे छ ।

यसअघि नै भरमणिको पारस लुक्सको ट्रेलर सार्वजनिक भएपछि चारैतिर चर्चा पाइरहेको थियो भने ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ। ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकको प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार मानिन्छन् ।