सम्पर्क कार्यालय खोल्दै निधि।

काठमाडौं:= कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनको तयारी थाल्नुभएको छ । यसअघि नै सभापति पदमा लड्ने घोषणा गरिसक्नु भएका निधिले सम्पर्क कार्यालय खोल्ने घोषणा गर्नुभएको हो । उहाँले आज (शुक्रबार) थापागाउँस्थित बानेश्वर बैंक्वेटमा कार्यक्रम गरी सम्पर्क कार्यालय उद्घाटन गर्ने जानकारी दिनुभयो । आज दिउँसो साढे १२ बजे सम्पर्क कार्यालय उद्घाटन हुनेछ ।

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको सम्बन्धमा यहाँहरू जानकार नै हुनुहुन्छ,’ उहाँले भन्नुभएको छ, ‘यसै सिलसिलामा नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा मेरो सम्पर्क कार्यालय शुभारम्भ हुन गइरहेको छ ।’

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याउनुभएको थियो भने सभापतिमा दाबी गर्ने कृष्णप्रसाद सिटौलाले बत्तीसपुतली र शेखर कोइरालाले बालुवाटारमा कार्यालय सञ्चालनमा ल्याउनुभएको थियो ।