आज मिति २०७८ साल भाद्र ११ गते शुक्रबार पञ्चमी तिथि भाद्र कृष्ण पक्षः सूर्योदय ५ः४० सूर्यास्त १८ः२८ ।
मेष : अतिथिको आगमन हुँदा मन खुसी हुन सक्छ ।
वृष : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।
मिथुन : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
कर्कट : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
सिंह : नसोचेको ठाउँमा जानुपर्ने हुन सक्छ ।
कन्या : आर्थिक संकटका कारण काम अपूरो हुन सक्छ ।
तुला : आफूले गरेका काममा सफलता प्राप्त हुनसक्छ ।
वृश्चिक : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।
धनु : इष्ट कार्यबाट सफलता प्राप्त हुनसक्छ ।
मकर : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
कुम्भ : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
मीन : पठनपाठनका क्षेत्रमा खासै रुचि नहुन सक्छ ।




















