सु.प. नेपाली समाज मलेसियाद्वारा स्व.जनकको परिवारलाई आर्थिक सहयोग प्रदान।

[ दिनेश खड्का “खप्तडि” ] 

क्वालालम्पुर (मलेसिया):= सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति हरुको सयुंक्त सहकार्यमा स्वं जनक बम को परिवारलाई आर्थिक सहयोग गरेको छ ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति जोहोरबारु, मल्लका र पेनाङ को सयुक्त सहकार्यमा रु १ लाख ११ हजार ९ सय ९८ रुपैयाँ स्वं जनक बम का छोरा तोरण जंग बम को खातामा रकम पठाएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय कोषाध्यक्ष धन बहादुर भाटले बताउनुभयो।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र मातहतका क्षेत्रिय समिति हरुको सयुक्त सहयोग संकलन अभियानमा मलेसियन नागरिक सरोनले आरएम ५ सय रिंगेट सहयोग गरेका थिए ।

समाजले आर्थिक संकलन अभियानमा आबद्ध भएर सहयोग र सहकार्य गर्ने क्षेत्रिय समिति लगायत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय‌ संरक्षक समिर मल्लले बताउनुभयो ।

स्वं जनक बम को कोरोना संक्रमणबाट गत जुलाई १५ तारिख निधन भएको थियो ।उनको मृत्यु पछि पनि कोरोना रिपोर्ट पोजिटिभ आए पछि हिन्दुसंस्कार अनुसार गत जुलाई २० तारिख मलेसियामै दाहासंस्कार गरिएको थियो ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका सल्लाहकार त्यस्तै नेपाली जनसम्पर्क समिती मलेसियाको कोषाध्यक्ष समेत रहेका स्व. बम सामाजिक सेवाको कार्यमा पनि निकै सक्रिय रहेका थिए । रोजगारी सिलसिलामा लामो समयदेखि मलेसियामा रहेका जनक बम को निधनले सिंगो सुदूरपश्चिमेली नेपाली समाज परिवारलाई स्तब्ध बनाएको छ। स्वं जनक बमको परिवारमा श्रीमती र एक छोरा रहेका छन ।