एजेन्सी := अक्षय कुमार अभिनीत बलिउड चलचित्र ‘बेल बटम’माथि तीन मुस्लिम देशले प्रतिबन्ध लगाएका छन्। चलचित्रमा तथ्यलाई तोडेर देखाइएको भन्दै साउदी अरब, कुवेत र कतारले प्रदर्शनमा रोक लगाएका हुन्।
‘चलचित्रमा ऐतिहासिक तथ्यलाई तोडमोड गरिएको भन्दै यी देशहरूले चलचित्र प्रदर्शनमा रोक लगाएका हुन्,’ भारतको फिल्म सर्टिफिकेसन अथोरिटीले भनेको छ।
यो चलचित्रको कथा सन् १९८४ मा भएको विमान अपहरणको घटनामा आधारित रहेको बताइएको छ। चलचित्रमा मुख्य तथ्यलाई तोडमोड गरिएको यी तीन देशको आरोप छ।




















