सलमानको टाइगर ३ लुक्स बाहिरियो।

मुम्बई:= बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र ‘टाइगर ३’को लुक्स बाहिरिएको छ । सुटिङका लागि शुक्रबार रसिया पुग्नुभएका सलमानको सुटिङ सुरु भएलगत्तै लुक्स सामाजिक सञ्जालमार्फत बाहिरिएको हो ।

२०१२ मा रिलिज हिट चलचित्र ‘टाइगर’को तेस्रो सिक्वेलको रूपमा यो बन्न लागेको हो । सलमानको रसिया सुटिङ सेटबाट फिल्मका केही तस्वीर अहिले बाहिर आएको हो । जसमा सलमान सुनौलो रंगको दाह्री, जुँगा र कपालमा विदेशी नागरिक झै देखिनुहुन्छ । उहाको दाह्री, जुँगा र कपाल निकै लामो देख्न सकिन्छ ।

सलमान अघिल्लो दुई सिक्वेल झैं यो चलचित्रमा पनि ‘र’ एजेन्टको भूमिकामा देखिँदै हुनुहुन्छ । चलचित्रमा कट्रिनाको समेत दमदार भूमिका छ । चलचित्रमा इमरान हाशमी नेगेटिभ भूमिका भएपनि राम्रो भूमिकामा देखिँदै हुनुहुन्छ ।

इमरान भित्रिने दृश्य आकर्षक बनाउन निर्माण युनिटले दश करोड खर्च गरेको छ । यो सबैभन्दा महँगो एक्सन फिल्म हुनसक्ने बताइन्छ। चलचित्र मनिष शर्माले निर्देशन गरिरहनुभएको छ ।