मिस्टर सुप्रानेश्नलमा सन्तोष तेस्रो रनर अप विजेता।

काठमाडौं:= मिस्टर सुप्रानेश्नल २०२१’मा नेपालका सन्तोष उपाध्याय तेस्रो रनर अप हुन सफल हुनुभएको छ । पोल्याण्डमा आयोजना भएको उक्त प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सुप्रानेश्नल २०२१’मा सहभागिता जनाउनु भएका सन्तोषले ‘मिस्टर इन्पफ्लुएन्सर’ तथा ‘मिस्टर ट्यालेन्ट’को उपाधि हात पार्नुभयो ।

गत आइतबार भएको फाइनलमा तेस्रो बनेका उनी ‘मिस्टर नेपाल-२०१९’ उपाधि विजेता हुनुहुन्छ । साथै उहाँले ‘मिस्टर सुप्रास्टार सर्च–२०२०’ मा पनि सहभागिता जनाउँदै ३७ देशका प्रतियोगीलाई उछिन्दै उपाधि हात पार्नुभएको थियो ।