ग्लोकल टिन हिरो नेपालका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा।

काठमाडौं:= वाईवाई ग्लोकल टिन हिरो २०२० का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरिका किशोरकिशोरीहरूबाट कुल ६०४ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरूमाझ चिनाउने कार्यक्रम वाईवाई ग्लोकल टिन हिरो नेपालको यो छैटौं संस्करण हो । हाल कोभिड प्रभावका कारण यस वर्ष डिसेम्बर १२ मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलनमार्फत् पुरस्कृत हुने भएका छन् । सोही दिन वाईवाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम पनि घोषणा गरिनेछ ।

वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरूमा पाल्पाका एकराज घिमिरे वातावरणविद्, रामेछापकी मन्दिरा श्रेष्ठ स्वास्थ्य अभियन्ता, विराटनगरका रीत काफ्ले शिक्षक, जनकपुरका सुभास शर्मा कोडर, इलामका सुलव सुवेदी नवप्रवद्र्धक र विराटनगरका वैभव नाहटा रहनुभएको छ ।

नेपालबाट २०१५ मा सुरु भई काठमाडौंका किशोरकिशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोरकिशोरीका लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापीरूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका पाँच किशोरकिशोरीहरूलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डियाबाट एकजना सम्मनित भएका छन् ।

वाईवाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरूलाई थप प्रोत्साहन गरी संसारमाझ चिनाएर अरू किशोरकिशोरीलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महŒवपूर्ण उद्देश्य रहेको छ । अब अन्तिम ६ प्रतिस्पर्धीको एक सातासम्म क्षमता विकास तालिम हुनेछ । एसएमएस भोटिङ राउन्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तर्वार्ताका आधारमा यो वर्षको टिन हिरो छानिने आयोजकले जनाएको छ ।