आज मिति २०७८ साल भाद्र ७ गते सोमबार प्रतिपदा तिथि भाद्र कृष्ण पक्षः सूर्योदय ५ः३९, सूर्यास्त १८ः३२ गाईजात्रा ।
मेष : अध्ययन अनुसन्धानका कार्यमा विशेष रुचि बढ्नेछ ।
वृष : इष्ट कार्यबाट सफलता प्राप्त हुनसक्छ ।
मिथुन : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
कर्कट : मान सम्मान पाउँदा मन हर्षित हुनसक्छ ।
सिंह : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
कन्या : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
तुला : धार्मिक कार्यमा सक्रिय सहभागिता हुनसक्छ ।
वृश्चिक : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
धनु : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
मकर : आर्थिक संकटका कारण काम अपूरो हुनसक्छ ।
कुम्भ : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
मीन : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।




















