एजेन्सी:= अफगानिस्तानकी सबैभन्दा चर्चित महिला पप स्टार अर्याना सैयद काबुलबाट अमेरिकी फ्लाइटमा देश छोड्न सफल हुनुभएको छ । काबुलमाथि तालिवानको कब्जापछि अफगानिस्तानको अवस्था अराजक भएपछि पप स्टार अर्यानाले देश छोड्नु भएको हो ।
उहाँले इन्स्टाग्राममा पोष्ट गर्दै देश छोड्न सफल भएको जानकारी दिनुभएको हो । उहाँले लेख्नु भएको छ, ‘म एकदमै ठीक छु । जिउँदै छु । धेरै डरलाग्दा रातपछि म कतारको दोहा पुगेकी छु । र यहाँबाट इस्तांबुल जाने तयारी गरिरहेकी छु ।’
३६ वर्षीया अर्याना आफगानी टेलिभिजनमा एक रियालिटी शोको निर्णायक हुनुहुन्थ्यो । मिडिया रिपोर्टका अनुसार उहाँ अमेरिकी कार्गो जेटमार्फत अफगानिस्तान छोड्न सफल हुनुभएको हो ।




















