मलेसियाको नव प्रधानमन्त्रीको रुपमा दातोक श्रि इस्माईल साब्री बिन याकोब नियुक्त।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको ९ औं प्रधानमन्त्रीको रुपमा दातोक श्रि इस्माईल साब्री बिन याकोब नियुक्त हुनु भएको छ।

मलेसिया देशको राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुसताफा बिलाल शाहले बताए अनुसार अबको मलेसियाको ९ औं प्रधानमन्त्रीको रुपमा निबर्तमान तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनको सरकारको पालामा उप-प्रधानमन्त्री संगै वरिष्ठ रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका दातोक श्रि इस्माईल साब्री बिन याकोबलाई मलेसियाको ९ औं प्रधानमन्त्रीको रुपमा नियुक्ति गरिएको बताउनुभएको हो।

साब्रीलाई प्रधानमन्त्रीको रुपमा स्विकार्य रहेको भन्दै ११४ जना साँसदहरुले हिजोमात्रै राजदरबारमा पुगेर राजा समक्ष सहमतिपत्र बुझाएका थिए। ९ औं नव प्रधानमन्त्री साब्रीको सपथ ग्रहण भोलि हुन सक्ने जनाइएको छ। BERNAMA

ADVERTISE