सुनिता मरासिनीलाई उत्कृष्ट मेकअप आर्टिस्टको अवार्ड।

काठमाडौं:= नेपाली मेकअपको क्षेत्रमा उत्कृष्टता हासिल गर्दै आउनुभएकी सुनिता मरासिनीलाई उत्कृष्ट मेकअप आर्टिस्टको अवार्ड प्रदान गरिएको छ । बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई) को प्रस्तुतिमा राजधानीमा सम्पन्न भएको तेस्रो बोस्टर इन्टरटेनमेन्ट अवार्ड समारोहमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

बोस्टर मिडियाको आयोजना र क्यापिटल इन्टरटेनमेन्टको इभेन्ट म्यानेजमेन्टमा सम्पन्न भएका अवार्ड समारोहमा मरासिनीलाई कार्यक्रमका प्रमुख अतिथि डा. रामशरण महत र अन्य विशिष्ट अतिथिहरूले अवार्ड, प्रमाण पत्र, माला र खादा प्रदान गर्नुभएको थियो । सुनिता मेकअप आर्टिस्टका रूपमा नेपालमा अग्रपंक्तिमा रहेको नाम हो । उहाँको मेकअप कलाले सर्वत्र चर्चा पाउने गर्दछ । उहाँ विशिष्ट मेकअप आर्टिस्टका रूपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ यो क्षेत्रमा।

सो समारोहमा गीतसंगीत तथा अन्य विभिन्न विधामा ४२ भन्दा बढी सर्जजकलाई अवार्ड प्रदान गरिएको थियो । बोस्टर मिडियाका सल्लाहकार भवानीप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको अवार्ड सामारोहमा साहित्यकार राधेश्याम लेकाली, व्यवसायी राजु श्रेष्ठ, चलचित्र कलाकार संघका उपाध्यक्ष तथा वरिष्ठ निर्देशक मोहन निरौला, वरिष्ठ हास्यकलाकार लय संग्रौला, वरिष्ठ हास्यकलाकार उत्तम केसी, चलचित्र निर्देशक जनक खकुरेल, व्यवसायी तथा समाजसेवी राजु श्रेष्ठ, व्यवसायी तथा समाजसेवी प्रकाश श्रेष्ठलगायतले अवार्ड तथा सम्मान प्रदान गर्नुभएको थियो । अवार्ड समारोहमा एञ्जल र आशिकाले स्वागत नृत्य गर्नुभएको थियो भने कार्यक्रम संयोजक माधव निर्दोषले स्वागत मन्तव्य राख्नुभएको थियो ।