जाम्बियामा प्रतिपक्षी दल विजयी।

लुसाका:= जाम्बियाको आमचुनावमा प्रतिपक्षी दलले विजय हासिल गरेको छ । राष्ट्रपतिका लागि गत साता सम्पन्न चुनावमा प्रतिपक्षी दलका नेता हाकैन्डे हिचिलेमाको जित भएको निर्वाचन आयोगले जनाएको छ । हिचिलेमाले आफ्ना प्रमुख प्रतिद्वन्द्वी एगर लुंगुलाई हराउनुभएको हो ।

वर्तमान राष्ट्रपति एगरलाई हिचिलेमाले करिब दश लाख मतले हराउनुभएको छ । यसअघि राष्ट्रपति लुंगुले चुनाव निष्पक्ष नभएको आरोप लगाउनुभएको थियो । उहाँले ‘पैट्रिओटिक फ्रन्ट पार्टी’ ले मतदान भएलगत्तै मतपेटिकालाई पछ्याएको आरोप लगाउनुभएको थियो । जवाफमा हिचिलेमाको ‘युनाइटेड पार्टी फर नेसनल डेभलपमेन्ट’ ले भने बिदा हुन लाग्दाको छटपटीको संज्ञा दिएको थियो ।