२० वर्षपछि एकै फिल्ममा माधुरी र रेखा।

मुम्बई:= बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली नयाँ चलचित्र बनाउने तयारीमा हुनुहुन्छ । चलचित्र ‘हिरामण्डी’ को काममा जुट्नुभएका भन्सालीको यस चलचित्रमा बलिउडका दुई दिग्गज अभिनेत्री माधुरी दीक्षित र रेखा पनि अनुबन्धित भइसक्नुभएको छ ।

रेखा र माधुरी पछिल्लोपटक सन् २००१ मा राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’ मा देखिनुभएको थियो । उहाँहरूले भन्सालीको चलचित्रमा झण्डै २० वर्षपछि सहकार्य गर्न लाग्नुभएको हो । चलचित्रमा सोनाक्षी सिन्हा र हुमा कुरैशीको पनि अभिनय रहनेछ ।

सञ्जय हाल फिल्म ‘गंगुबाई काठियावाडी’ मा व्यस्त हुनुहुन्छ । चलचित्रमा आलिया भट्टसँगै अजय देवगणको पनि अभिनय छ । यसबाहेक उहाँको चलचित्र ‘बैजुबावरा’ पनि लाइनअपमा छ । जसमा रणवीर कपुरले प्रमुख भूमिकामा अभिनय गर्दै हुनुहुन्छ ।