मुम्बई:= बलिउडका स्टारहरूले दक्षिण भारतीय चलचित्रमा काम गर्ने वा दक्षिण भारतीय चलचित्रका कलाकारले बलिउडमा काम गर्ने भन्ने चर्चा बेला–बेलामा चलिरहन्छ । यसैबीच अहिले सुपरस्टार सलमान खानले तेलुगु इन्डस्ट्रीमा डेब्यु गर्न लागेको खबरले यतिबेला बलिउड तातेको छ ।
तेलुगुका मेगास्टार चिरञ्जीवीको नयाँ चलचित्रबाट उहाँँले साउथ इन्डस्ट्रीमा डेब्यु गर्न लागेको चर्चा छ । मलयालम चलचित्र ‘लुसिफर’ को तेलुगु रिमेक ‘गडफादर’ का लागि निर्माण टिमले सलमानलाई अफर गरेको हो । उहाँँले चलचित्रका लागि डेट्स दिइसकेको भारतीय मिडियाले बताएका छन् ।
चलचित्रको छायाँकन चाँडै सुरु हुँदैछ । निर्माण टिम केही दिनमा यो मेगा कोलाब्रेसन (फिल्म) को घोषणा गर्ने तयारीमा छ । सलमान चलचित्रमा केमियो रोलमा देखिने बताइएको छ । चिरञ्जीवी र सलमानबीच निकै राम्रो सम्बन्ध छ । यस्तोमा यो जोडीलाई पहिलोपटक एकसाथ पर्दामा हेर्दा निकै रोचक हुने देखिन्छ । चिरञ्जीवीका लागि सलमानले यो चलचित्रमा काम गर्न लागेको बताइएको छ ।
उहाँँलाई यसअघि पनि केही साउथ चलचित्रबाट प्रस्ताव आएको थियो । तर, सलमानले बलिउडबाहेक अरू रोज्नुभएन । चिरञ्जीवीसँगको मित्रताका कारण उहाँ तेलुगु चलचित्रमा काम गर्न राजी हुनुभएको हो । चिरञ्जीवी साउथका लिडिङ स्टार मानिनुहुन्छ ।




















