बन्ने भयो मिस्टर डनको सिक्वेल।

काठमाडौं:= पुरानो नेपाली फिल्म ‘मिस्टर डन’ को सिक्वेल निर्माण हुने भएको छ । विसं २०६३ सालमा रिलिज भएको अभिनेताद्वय शिव श्रेष्ठ र निखिल उप्रेती अभिनित फिल्म ‘मिस्टर डन’ को सिक्वेलका रूपमा ‘डन २’ बन्ने भएको हो । फिल्मलाई कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गर्ने हुनुभएको छ । यसैक्रममा गएको शुक्रबार फिल्मका लागि एक गीत रेकर्ड पनि गरिएको छ ।

‘बग्यो त्रिशूली’ बोलको गीतमा गायक राजेशपायल राईले आवाज भर्नुभएको छ । पुतलीसडक अवस्थित मिरा साउन्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएको गीतमा विकास चौधरीको संगीत र हरि उप्रेतीको संगीत रहेको छ ।

‘कास्ट एन्ड क्रियु’ फाइनल गरेर तिहारपछि फिल्मको छायाँकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्मका लागि केही कलाकारसँग कुराकानी भइरहेको निर्देशक पाख्रिनले बताउनुभएको छ ।

दिनेश थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता निर्मल लामा, विक्रम तामाङ र हेलेन पाख्रिन हुनुहुन्छ । दिनेश पाख्रिनकै कथा रहने फिल्मको वितरण गोपालकाजी कायस्थको कम्पनी विके फिल्मस्ले गर्नेछ । फिल्म एक्सन जनरामा निर्माण हुनेछ । मदन घिमिरे निर्देशित ‘मिस्टर डन’ मा त्यसबेलाका चर्चित कलाकार सञ्चिता लुईंटेल, विक्रान्त बस्नेत, स्वं. जेनी कुँवरको पनि अभिनय थियो ।