काठमाडौं:= रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन-३’ का विजेता किरण गजमेर ‘राष्ट्रिय प्रतिभा सम्मान २०७८’ बाट सम्मानित हुनुभएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच डा. खगेन्द्र स्पोट्स फाउन्डेसनले गजमेरलाई उक्त सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा गायिका टीका लामिछाने, गीतकार तथा संगीतकार खेम रिजाल र समाजसेवी रुद्र बानियाँलाई समेत सम्मान गरिएको थियो । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले सम्मानित सबैलाई खादा, फूलमाला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । सोही अवसरमा कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. श्रेष्ठले विभिन्न क्षेत्रमा रहेर राष्ट्रका लागि योगदान दिने व्यक्तिलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो । वरिष्ठ गीतकार तथा धावक बुद्धवीर लामाले सम्मानित व्यक्तिहरूका विषयमा चर्चा गर्नुभएको थियो ।




















