कोरियाबाट फर्कनेलाई ग्लोबलको सहुलियत कर्जा।

काठमाडौं:= ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउन अंकुर नेपालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

कोरोना महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट स्वदेश फर्किएर कोरियामा आर्जित सीप तथा आय-आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ व्यवसायीलाई सहयोग गरी पूर्ण रोजगारी र समृद्घिको दिशातर्फ अघि बढ्ने एक अभियानका रूपमा सञ्चालन गर्न बैंक र अंकुरबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सम्झौता भएको बैंकले जनाएको छ ।